चीनले राजधानी बेइजिङमा आज एक विशाल सैन्य परेडको आयोजना गरेको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे (नेपाली समय अनुसार बिहान ६ः४५) बाट सुरु भएको छ।यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन,सहित विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री सहभागी भएका छन्।
सिन्ह्वाका अनुसार कार्यक्रममा चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गर्दैछ। चीनले यस अगाडि विजय दिवसको अवसरमा सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरिएको थियो।