डोेल्पा, डोल्पाको जगदुल्ला गाउँपालिकामा भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।सोमबारसाँझ जगदुल्ला गाउँपालिका–६ झ्याकोटबाट बलासातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा जगदुल्ला–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर बुढाथोकी, उनका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ निवासी ३६ वर्षीय भीमबहादुर डिसी र चालक जुम्ला चन्दननाथ नगरपालिका–९ निवासी ३२ वर्षीय धर्मराज गिरी रहेका छन् ।