spot_img

त्रिभुवन विश्वविद्यालयकाे ५१औं दीक्षान्त समारोह ८९ हजार १९१ विद्यार्थी उत्तीर्णःप्रधानमन्त्री कार्कीकाे सन्देश राष्ट्रप्रतिको दायित्वलाई नभुल्नु

spot_img

त्रिभुवन विश्वविद्यालयका ८९ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् । त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो ।यसपटक विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका हुन् ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाएका छन् ।विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्– जहाँ रहे पनि राष्ट्रप्रतिको दायित्वलाई कहिल्यै नभुलौं

प्रधानमन्त्री सुशीला कार्कीले जहाँ रहे पनि, जुन क्षेत्रमा काम गरे पनि मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई हामीले कहिल्यै पनि बिर्सन नहुने बताएकी छन् ।त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूको ज्ञान, श्रम र प्रतिबद्धताले नेपाल र विश्वको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुरÞ्याउने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

उनले अगाडि भनिन्, ‘तपाईंहरूले प्राप्त गर्नुभएको उपाधि केवल व्यक्तिगत उपलब्धि मात्र होइन । यो नैतिकता, इमान्दारी र सामाजिक उत्तरदायित्वसहित प्रयोग गर्नुपर्ने शक्ति हो । जहाँ रहनुहुन्छ, जुन क्षेत्रमा कार्य गर्नुहन्छ, त्यहाँ मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई कहिल्यै नबिर्सनुहोस् ।’प्रधानमन्त्री कार्कीले प्राप्त ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न दिक्षीत विद्यार्थीहरूलाई आग्रह गरिन् ।

दिगो र समावेशी विकास, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि शिक्षित, सचेत र उत्तरदायी नागरिकको भूमिका निर्णायक हुने उनले बताइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img