दाङ, दाङको राप्ती गाउँपालिका–४ गोपीनालामा बिहीबार राती एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा एक युवती सहित तीन जना प्रकाउ परेका छन्।पक्राउ पर्नेमा बंगलाचुली निवासी बर्ष २० का सन्दिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ को निश्चल चौधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढा रहेका छन्।
बिहीबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षीय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियो। यस्तै एक किशोर घाईते अवस्थामा भेटिएका थिए।
मृतक प्रधानसँगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ। थापा खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जरबाट भेट्न आउ भनि बोलाउँदा उनीहरु बिहीबार राती ८ बजे घरबाट निस्किएको बताइएको छ।