spot_img

स्वास्थ्य मन्त्रालयको निर्देशन– आइतबार पनि सेवा जारी राख्नू,

spot_img

काठमाडाैँ, स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्कलोड र जनशक्तिअनुसार ओपिडी सेवा उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको हो।

सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। सो समयमा स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर सरकारले आइतबार पनि ओपिडी सेवा उपलब्ध गराउन भनेको हो। आइतबार काम गर्ने कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को कुनै एक दिन बिदा दिने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले भनेको छ।

‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने। यो व्यवस्था लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्ने,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था मिलाउन संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img