spot_img

इरान–अमेरिका प्रत्यक्ष वार्ताः १४ घण्टा छलफल, आइतबार अर्को चरण सुरु हुने

spot_img

इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी वार्ता दुई चरणमा सम्पन्न भएको हो । पहिलो चरण करिब २ घण्टा चलेको थियो ।

इरानी सरकारले जनाएअनुसार पहिलो चरणको वार्ता हालका लागि रोकिएको छ । दुवै देशका टोलीहरूले आपसमा मस्यौदा र आवश्यक कागजातहरू आदानप्रदान गरेका छन् ।

केही मुद्दाहरूमा अझै मतभेद बाँकी रहे पनि वार्ता पूर्ण रूपमा रोकिएको भने छैन । पाकिस्तानको प्रस्तावमा दुवै पक्ष सहमत भएका छन् कि आइतबार वार्ताको अर्को चरण फेरि सुरु गरिनेछ ।

मिडिया रिपोर्टअनुसार बैठकमा विज्ञहरूले सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानूनसँग सम्बन्धित विषयहरूमा छलफल गरेका थिए ।

अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्स र इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले नेतृत्व गरेका थिए ।

इरानले लेबनानमा इजरायलका आक्रमणहरू तत्काल रोक्न माग गरेको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक यति उच्च तहमा दुवै देशका नेताहरूबीच आमनेसामने वार्ता भएको हो ।

यसअघि इरानले चेतावनी दिएको थियो कि यदि इस्लामाबादमा भइरहेको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन भने त्यसको दोष इजरायललाई मात्र दिन मिल्दैन ।

इजरायल र अमेरिकाका निर्णयहरू आपसमा जोडिएकाले वार्ता असफल भए त्यसको जिम्मेवारी अमेरिकामाथि पनि पर्ने इरानको धारणा रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img