काठमाडाैँ, आज देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।
आज राति देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।