नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरकी २२ वर्षीया सिर्जना बुढामगरको आगो लगाएर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी ५० वर्षीय रहमद ढपाली र उनका छोरा २१ वर्षीय मोहम्मद आदिल ढपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
यसअघि सो घटनामा संलग्न रहेको भन्ने पीडित पक्षको किटानी जाहेरीका आधारमा मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हाल पक्राउ परेका रहमद ढपाली मोहम्मदकै बुबा हुन्। यस घटनामा हालसम्म पाँच जना पक्राउ परेका छ्न्।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा गत चैत २३ गते शरीरमा आगो लगाएर सिर्जना बुढामगरको हत्या गरिएको थियो।