spot_img

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

spot_img

काठमाडौं, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काकोबन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको छ।मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि थापालाई हिरासतमै राख्न आदेश दिएको थियो। सर्वोच्चले खड्कालाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ पेश गर्न समेत भनेको छ।

नेता खड्कालाई सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत चैत्र १५ गते नियन्त्रणमा लिएको थियो। लगत्तै खड्काको श्रीमती विनिता थापाले गैरकानुनी रुपमा प्रहरीले आफ्ना श्रीमानलाई नियन्त्रणमा लिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। खड्का हाल सीआईबीको नियन्त्रणमा छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृहमन्त्रालय,प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई रिटमा विपक्षी बनाइएको छ।

गत भदौ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित उनको घर जलाएका थिए। उनको घरमा लाखौंलाख रुपैयाँ भेटिएको भन्दै पैसा उडाएको भीडीयो सार्वजनिक भएको थियो। उनी स्काउटको जग्गाको विवादमा समेत मुछिएका छन्। यिनै विषयमा अनुसन्धान गर्न नेता खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img