काठमाडौँ, यातायात व्यवस्था विभागले छापिएका ६७४ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । शुक्रवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । जसमा लाइसेन्सको क्याटेगोरीसहित उल्लेख गरेको छ ।साथै, विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ ।
विभागले भनेको छ,‘कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला ।’कात्तिक यता सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ हुँदै आएको छ । अहिले तीन किसिमका लाइसेन्स छपाइ सुरु गरेको छ ।
जसमा अत्यावश्यक, पुरानो ब्याकलग र लाइसेन्सका लागि ट्रायल पास भएपछि राजस्व तिरेको २४ घण्टाभित्र छपाइ हुँदै आएको यातायात व्यवस्था विभागले जनाएको छ ।