spot_img

बालेनको १२ वर्ष पुरानो ‘¥याप ब्याटल’ मा आपत्ति जनाउँदै साइबर ब्यूरोमा उजुरीःयस्ता छन् आराेप र मागहरू

spot_img

यौनिक अल्पसंख्यक समूदाय (तेस्रोलिंगी)का केही व्यक्तिहरुले प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो र्यापमाथि आपत्ति जनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।उक्त र्यापमा प्रयोग गरिएका शब्दहरु महिलाविरोधि तथा यौनिक अल्पसंख्यक समूदायमाथि घृणा फैलाउने खालका भएको आरोप लगाइएको छ ।

यौनिक अल्पसंख्यक समूदायका वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले आज उजुरी दिएका हुन् । उजुरी लिएर ब्यूरोले यसलाई प्रक्रियामा लैजाने मौखिक आश्वासन दिएको छ । उजुरी दर्ता हुन भने बाँकी छ ।

१२ वर्षअघि युट्यूवमा अपलोड भएको बालेन र लिटल ग्रिजलको ¥याप ब्याटलमाथि उनीहरुले आपत्ति जनाएका हुन् । यो भिडिओमा थुप्रै अश्लिल, स्त्रीद्वैषी र तेस्रोलिंगी समुदायलाई अपमानित गर्ने शब्दहरु छन् । हालै प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालबाट अश्लिल गालीगलौज गरेको आरोपमा एकजना पक्राउ पर्दा यो र्याप ब्याटल चर्चामा आएको थियो ।

सङ्स नेपाल युट्यूव च्यानलबाट अपलोड भएको भिडिओलाई अहिलेसम्म एक करोड ५० लाखभन्दा बढी भ्यूज प्राप्त भएको छ । यो र्याप ब्याटलमा दिवंगत ¥यापर यमबुद्ध पनि देखिएका छन् । विगतको एउटा अन्तरवार्तामा बालेनले यो र्याप ब्याटलमा प्रयोग भएका अश्लिल शब्दहरुबारे स्पष्टीकरण दिएका थिए । उनले अश्लिलता र्याप ब्याटलको एउटा विशेषता भएको बताएका छन् । र्यापमा अश्लिलता मिसिएन भने खल्लो हुने उनको टिप्पणी थियो ।

साइबर ब्यूरोमा दिइएको उजुरीमा र्याप ब्याटलमा प्रयोग भएका हिँजडा, छक्का जस्ता शब्दहरुले यौनिक अल्पसंख्यक समूदायको मानमर्दन भएको गुनासो गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘बालेन्द्र शाह हाल नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को रुपमा उच्च ओहदामा रहेका सार्वजनिक पद धारण गरेका व्यक्ति हुनुहुन्छ । यस्तो उच्च ओहदामा रहेका व्यक्तिसँग सम्बन्धित भिडिओ सामग्रीले महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायविरुद्ध यौन हिंसा र भेदभावलाई प्रश्रय दिनुका साथै सामाजिक वातावरणलाई विषाक्त बनाएको छ । यसप्रकारको सामग्रीले महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति असुरक्षित र शत्रुतापूर्ण वातावरण सिर्जना गर्छ ।’

यो भिडिओबाट भएको कमाई यस समुदायको सकारात्मक सन्देश सम्प्रेषण हुने काममा खर्च गर्न माग गरिएको छ । भिडिओ हटाउन र सार्वजनिकरुपमा माफी मागेर उचित क्षतिपूर्ति दिलाई भराउन पनि माग गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img