spot_img

देउवा–खड्का पक्ष छुट्टै पार्टी बनाउनेबारे छलफलमाःपार्टी एकता र पुनर्जागरणका लागि कांग्रेस सभापति गगन थापाको आह्वान

spot_img

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिक ठहर गरेको भोलिपल्टै शनिबार कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरूबीच अनौपचारिक बैठक बसेको थियो । बैठकमा छलफलको एउटा विषय थियो– छुट्टै पार्टी दर्ता ।शनिबारको अनौपचारिक छलफल भने निष्कर्षमा पुग्न सकेन । त्यही छलफलका आधारमा नेता खड्काले थप छलफल र धारणा लिने भन्दै १४ औं महाधिवेशनबाट निर्वाचित आफ्नो पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक आइतबारका लागि बोलाएका छन् ।

२७–२९ पुसमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले २ माघमा त्यसैलाई मान्यता दिएपछि देउवा र खड्काले त्यसविरुद्ध रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले शुक्रबार आयोगको निर्णयलाई सदर गर्दै देउवा र खड्काले दायर गरेको रिट खारेज गरेको छ ।

अदालतबाट आफ्नो अनुकूल निर्णय नआएपछि देउवा–खड्का र उनीपक्षीय नेताहरू छुट्टै पार्टी बनाउने छलफलमा जुटेका हुन् । पूर्वसभापति देउवा स्वदेशमा छैनन् । स्वास्थ्य उपचारका लागि भन्दै २१ फागुनको निर्वाचनअघि नै उनी सिंगापुर गएका थिए । पत्नी आरजु देउवा राणा पनि भारत हुँदै उतै पुगेकी थिइन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सरकारले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । देउवाले भने उतैबाट आफ्नो समूहलाई सक्रिय बनाइरहेका छन् ।

देउवा पक्षधर नेता प्रकाशरण महत आफूहरूका लागि सर्वोच्चको फैसला अनपेक्षित रहे पनि छुट्टै पार्टी निर्माण गर्ने निष्कर्षमा पुगिनसकेको बताउँछन् । विभिन्न विकल्पमा भइरहेको छलफलका क्रममा केही नेताले एकताको वातावरण नै भएन भने के गर्ने भन्ने सबाल उठाएको र त्यतिबेला मात्र छुट्टै पार्टी गठनको प्रसंग निस्किएको उनको भनाइ छ ।

कांग्रेस यसअघि २०५९ विभाजित भएको थियो । त्यतिबेला प्रधानमन्त्री रहेका देउवाले सत्ता र शक्ति जोगाउन कांग्रेसबाट अलग भएर आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक खोलेका थिए । अहिले भने अस्तित्व जोगाउन नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको देउवा पक्षका कतिपय नेताको भनाइ छ ।

पार्टी एकता र पुनर्जागरणका लागि कांग्रेस सभापति थापाको आह्वान

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा पक्षलाई मान्यता दिएपछि सभापति थापाले पार्टीलाई पुनः एकताबद्ध र सुदृढ बनाउने दिशामा अघि बढ्न आह्वान गरेका छन् ।अदालतको निर्णयलाई उनले ’जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय’का रूपमा व्याख्या गरेका छन् । यो निर्णयले पार्टीभित्र सबै पक्षलाई एकताबद्ध हुने आधार तयार गरेको उनको भनाइ छ।

उनले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा बाहिर जहाँ रहे पनि पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। ’पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

साथै, उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै महाधिवेशनलाई सफल पार्न र पार्टीलाई रूपान्तरण तथा सुदृढीकरण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने पार्टी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

सर्वोच्च अदालतले शुक्रबार थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको थियो । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै उक्त फैसला सुनाएको हो । यो फैसलासँगै तीन महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रूपमा टुंगिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img