spot_img

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

spot_img

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार दुईदिने अभियानमार्फत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि अलबेन्डाजोल पनि दिइँदै छ।

कार्यक्रम सञ्चालनका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्।

चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति सुधार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, जुकाको औषधिले पेटका किरा हटाएर कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखाला जस्ता समस्याबाट जोगाउन सहयोग पु¥याउँछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img