काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन्।सोमबार दिउँसो ३ बजेका लागि उनले बैठक बोलाएका हुन्। बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा उपस्थितिका लागि केन्द्रीय समिति सदस्यहरूलाई आग्रह गरिएको छ।
बैठक किन बोलाइएको भन्ने विषयबारे भने नेताहरूले बताएका छैनन्।आइतबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्दैछ।