spot_img

१०० रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार लगाउने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

spot_img

काठमाडौँ,  नेपालको सीमावर्ती क्षेत्रहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लगाउने सरकारी निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।पार्टी प्रवक्ता देवराज चालीसेले आइतबार एक विज्ञप्ति जारी गर्दै यस कदमलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

कांग्रेसले वर्तमान आर्थिक संकट र आकाशिएको महँगीका बीच यस्तो निर्णयले गरिब र निम्न आय भएका जनताको ढाड सेक्ने काम गरेको ठहर गरेको छ।विशेषगरी मधेश प्रदेशका लाखौँ सर्वसाधारण र साना किसानहरू, जो दैनिक उपभोग्य वस्तुका लागि खुला सीमामा आश्रित छन्, यसबाट प्रत्यक्ष मारमा परेका छन्।

हवाई मार्गबाट ठूलो परिमाणमा सामान ल्याउनेलाई सहजता दिइने तर सीमाका गरिबलाई १०० रुपैयाँमै कर लगाउनु न्यायोचित नभएको र पेट्रोलियम पदार्थकको मूल्य वृद्धि भएका बेला सानो खरिदमै कर थप्नुले गरिबीलाई संस्थागत गर्ने कांग्रेसको भनाइ छ।

उक्त निर्णय तत्काल खारेज गर्न, दैनिक उपभोग्य वस्तुमा भन्सार छुट दिन र मधेशका लागि विशेष राहत प्याकेज घोषणा गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

प्रवक्ता चालिसेका अनुसार राजस्व संकलनभन्दा जनताको जीवनस्तर संरक्षण राज्यको प्राथमिकता हुनुपर्छ। यो नीतिले सीमावर्ती नागरिकमा भेदभावको अनुभूति गराई राष्ट्रिय एकतामा समेत चुनौती पु¥याउन सक्ने चेतावनी कांग्रेसले दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img