spot_img

गृहमन्त्री गुरुङको स्पष्टीकरणःमिडिया ट्रायल उनीहरूको छटपटी मात्र हो,कारबाही रोकिदैन, डग्मगाइदैन

spot_img

पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत स्पष्टीकरण दिएका छन् ।उनले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने लेखेका छन् ।

गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ’वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन ।’

उनले भ्रष्टाचारविरुद्धको कारबाहीमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै ठुला भ्रष्टाचारीहरूमाथि यत्तिको मेहनत नदेखिएकोमा असन्तुष्टि जनाएका छन् । ’दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ,’ उनले थप लेखेका छन् ।

गृहमन्त्री भन्छन् ः कारबाही रोकिदैन, डग्मगाइदैन
‘मिडिया ट्रायल र प्रायोजित हल्ला त उनीहरूको छटपटी मात्र हो’, उनले लेखेका छन्, ‘तर सरकारको कारबाही न रोकिन्छ, न त डगमगाउँछ ।’उनले दिनहुँ ठूलो मात्रामा भ्रष्टाचार गर्नेहरूमाथि कडा निगरानी र अनुसन्धान भइरहेको पनि उल्लेख गरेका छन् । ‘दिनको ५० करोडसम्म भ्रष्टाचार गर्नेहरूको विरुद्धमा पनि हामी दृढताका साथ अघि बढिरहेका छौँ’, गृहमन्त्रीले दाबी गरेका छन् ।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर कानुनी दायराभित्र रहेर कडा कदम चालिरहेको उनको भनाइ छ । उनले निष्पक्ष अनुसन्धान र प्रमाणका आधारमा दोषीमाथि कारबाही हुने दोहो¥याउँदै कुनै पनि दबाब वा प्रभावमा नपरी काम गरिने स्पष्ट पारेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img