सुकुमवासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न माग राख्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ। शुक्रबार बिहान साढे ११ बजे थापाथली बस्तीमाहरूले रिट निवेदन पेस गरेका हुन्। उनीहरूले सरकारले काठमाडौंको थापाथली, मनोहरा, सिंनामंगल लगायत देशभरिका नदी किनारामा वा जुनसुकै स्थानका क्षेत्रमा सुकुम्बासी बस्तीबाट कुनै पनि भूमिहिन वा सुकुम्बासीलाई जबरजस्ती उठिबास लगाउन लागेको भन्दै उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको हो।
‘काठमाडौं उत्यकाका नदी किनारका सुकुम्बासी बस्तीहरू हटाउने, खाली गराउने भनी जारी गरेको सूचना कुनै निर्णय वा आदेशका आधारमा गरेको भए जुनसुकै स्वरूपमा भएको भए पनि उक्त गैरकानुनी निर्णय वा आदेश झिकाई उत्प्रेषणको आदेशले बदर गरिपाउँ,’ रिट निवेदनमा माग गरिएको छ। उनीहरूले सुकुम्बासी बस्ती हटाउन लागेको र वैशाख १० गतेदेखि नै माइकिङमार्फत सूचना प्रसारित भइरहेको हुँदा आजै दर्ता गरी सुनुवाइ समेत गरी अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।
रास्वपा पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्कियो सुकुम्बासी टोलीराष्ट्रिय स्वतन्त्र
पार्टी कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किएका छन्।रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उनीहरूले ज्ञापनपत्र बुझाएर फर्किएका हुन्। उनीहरूले आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिन कार्यालय पुगेका थिए। घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाएपछि उनीहरू शान्तिपूर्ण रूपमा फर्किएका छन्।
सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो। अटेरी गरेको अवस्थामा संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले बताएका छन्। त्यसो गर्दा क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफै हुनुपर्ने पनि भनिएको छ।बिहीबार माइकिङ भएपछि शुक्रबार बिहानदेखि सुकुम्बासीहरूले आन्दोलन थालेका छन्।
सुकुमबासी नेता परियार पक्राउ
थापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् । सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो ।
सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ ।