spot_img

चट्याङ् लागेर स्याङ्जामा युवकको मृत्यु, १ जना घाइते

spot_img

स्याङ्जा,अविरल बर्षासँगै परेको चट्याङका कारण स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार साँझ ७ बजे बर्षासँग चट्याङ पर्दा एउटा कुखुरा फार्म पूर्णरुपमा क्षति भएको छ ।

बिरुवा गाउँपालिका –२ श्रीडाँडामा चट्याङका कारण २० बर्षीय मिलन विकको मृत्यु, हरिनास गाउँपालिका —४ का सारुथरका ५८ बर्षीय खिमबहादुर थापा घाइते भएको र सोही स्थानको संचानमारमा रहेको कुखुरासहितको फार्ममा ठूलो क्षति पुगेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।

घरमा बसिरहेका बेला चट्याङको झट्का लागेर घाइते भएका विकको उपचारका क्रममा प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा शनिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ्का कारण घाइते भएका हरिनासका थापा भने सेतीगंगा अस्पताल तनहुँमा उपचारपछि घर फर्केका छन् । थापा कुखुरा फार्मदेखि ३ सय मिटर पर बसेका थिए । सारुथरस्थित तेजबहादुर थापाको कुखुरा फार्ममा चट्याङ पर्दा फार्ममा रहेका साना–ठूला गरी ५ सय ५० वटा कुखुरा मरेका छन् भने फार्म पूर्णरूपमा क्षति भएको प्रनाउ चौधरीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img