spot_img

गर्भवती पाण्डे मृत्यु प्रकरणः संलग्न चिकित्सक निलम्बित

spot_img

बुटवल,  बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ ।छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवका अनुसार शनिबार बसेको काउन्सिलको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।

काउन्सिलले घटनामा संलग्न स्वास्थ्य संस्था ‘जोनल फार्मेसी’ र ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’लाई समेत बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीको सिफारिस गरिएको जनाइएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीताको झण्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । परिवारले भने गर्भ १२ हप्ताको मात्र रहेको दाबी गरेका छन् । तर छानबिन समितिको प्रतिवेदनले १३ हप्ताभन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।

समितिले गीता पाण्डेलाई गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराउने ‘जोनल फार्मेसी’ तथा अन्तिम चरणमा संलग्न ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’ दुवै संस्थाले आवश्यक स्वीकृति नलिएको पाएको छ । चिकित्सकहरूको आचारसंहिता, २०१७ अनुसार प्रारम्भिक कारबाहीस्वरूप निलम्बन गरिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार अन्तिम प्रतिवेदन नआएसम्मका लागि हाल कारबाही गरिएको हो । छानबिनकै क्रममा फौजदारी अभियोग समेत आकर्षित हुन सक्ने भएकाले अन्तिम निर्णय प्रतिवेदनपछि मात्र गरिनेछ ।मेडिकल काउन्सिलले केन्द्रीय सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र पत्रकार दिनेश पाण्डे सदस्य रहेका छन् ।

समितिले २६ पृष्ठ लामो प्रतिवेदनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कारबाही, सम्बन्धित स्वास्थ्य संस्था बन्द, नियमित अनुगमन सुदृढीकरण तथा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता र नियमन गर्ने सुझाव दिएको जनाएको छ ।

मृतक गीताका पति प्रकाश पाण्डेले जाहेरी दिएका छन् ।

१३ हप्ता बढीको गर्भ अस्वस्थ रहेको बताएपछि गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाउँदा–धाउँदै वैशाख ६ गते गीताको मृत्युु भएको थियोे । गीता पति प्रकाशसहित वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी थिइन् । उनी चैत २७ मा सोही ठाउँमा जाँच गर्न पुगेकी थिइन् ।प्रहरीले उक्त घटनामा दुई जना चिकित्सकसहित ५ जनालाई प्रकाउ गरी अनुसन्धान जारी राखेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img