spot_img

कास्की प्रहरीका प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुस रकमसहित पक्राउ

spot_img

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोले सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका एक जना वरिष्ठ हवल्दारलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका वरिष्ठ प्रहरी हवल्दार जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत विष्णु थापा क्षेत्री रहेका छन् । अख्तियारका अनुसार उनले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए ।

उक्त घुस माग गरेको सूचना प्राप्त भएपछि अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले ५० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img