काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ ।भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने उनले बताए ।
सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।