spot_img

जेनजी आन्दोलनका सात सय ५०जना घाइतेले पाए परिचयपत्र

spot_img

काठमाडौँ,गत भदौ महिनामा देशमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनको संवाहक मानिएको जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गर्ने कार्य सुरु भए तापनि ठुलो संख्याका घाइतेहरू अझै यसबाट वञ्चित रहेका छन् ।

आन्दोलनका क्रममा घाइते भएका कुल २ हजार ६२३ जनामध्ये हालसम्म जम्मा ७५० जनाले मात्रै औपचारिक जेनजी कार्ड पाएको तथ्य बाहिर आएको छ । राष्ट्रका लागि रगत बगाएका अधिकांश घाइतेहरू पहिचान र राज्यको सुविधाबाट ओझेलमा परेपछि यस विषयले संसद्‍मा समेत प्रवेश पाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले यस कछुवा गतिको वितरण प्रक्रियाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँले आन्दोलनमा घाइते भएका सबै नागरिक राज्यका लागि उत्तिकै आदरणीय हुनुपर्नेमा थोरैलाई मात्र कार्ड बाँडेर बाँकीलाई अलपत्र छाडिनु न्यायसंगत नभएको उल्लेख गर्नुभयो ।

सांसद अवस्थीले अझै पनि परिचयपत्र पाउन बाँकी रहेका १ हजार ८७३ जना घाइतेहरूलाई बिना कुनै प्रशासनिक झन्झट तत्काल जेनजी कार्ड उपलब्ध गराउन गृह मन्त्रालय र सरकारसँग जोडदार माग गर्नुभएको छ ।

गत वर्षको २३ र २४ भदौमा व्यवस्था बदल्ने र नागरिक अधिकार स्थापित गर्ने दृढ संकल्पका साथ युवा पुस्ता सडकमा उत्रिएका बेला उक्त ऐतिहासिक आन्दोलन चर्किएको थियो । परिवर्तनका लागि अग्रपंक्तिमा लडेर अङ्गभङ्ग भएका र गम्भीर चोट बोकेका ती योद्धाहरू आज पहिचानको अभावमा राज्यबाट पाउनुपर्ने निःशुल्क उपचार सेवा र न्यूनतम राहतबाट समेत वञ्चित हुने दर्दनाक अवस्था सिर्जना भएको सांसद अवस्थीले संसद् समक्ष राख्नुभयो ।

देशमा नयाँ राजनीतिक चेतना भित्त्याउने युवाहरूको योगदानको कदर गर्दै उनीहरूको उपचार र सम्मानमा राज्यले कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने आवाज संसद्‍मा मुखरित भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img