काठमाडाैँ, कास्कीको पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।
अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ ।महानगरको टोली, नगर प्रहरी र सम्बन्धित निकायको उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाइएको हो ।