काठमाडौं, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र बागमती प्रदेशका एक दुई स्थानमा वर्षा भएको छ।
दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमबपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
शनिबार राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति नै कोशी प्रदेश लगायत देशको हिमाली भू–भागको थोरै स्थानहरू, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।