spot_img

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

spot_img

काठमाडाैँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।रास्वपाले जिल्ला अधिवेशन शनिबार र आइतबार गर्दैछ । शनिबार ३६ जिल्लामा र आइतबार २५ जिल्लाको अधिवेशन हुँदैछ ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीले जिल्ला अधिवेशनका लागि शनिबारका लागि ३६ जिल्ला र आइतबारका लागि २५ जिल्लालाई स्वीकृति दिइएको जानकराी दिए ।

यी अधिवेशनबाट रास्वपाका जिल्ला नेतृत्व चयन हुनेछ ।

शनिबार झापा, तेह्रथुम, मोरङ, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दीको अधिवेशन हुँदैछ । यस्तै गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलाको जिल्ला अधिवेशन पनि शनिबार नै हुँदैछ ।

यसैगरी, आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, सिराहा, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र बाजुराको जिल्ला अधिवेशन भएर नयाँ नेतृत्व चयन हुनेछ ।

रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार १६ जिल्लामा अर्को चरणमा अधिवेशन गर्ने योजना रहेको छ ।कतिपय जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न नहुँदा निर्धारित समयमा हुन नसकेको उनले बताए ।रास्वपाले जिल्ला अधिवेशन सकेपछि प्रदेश अधिवेशन गर्नेछ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img