spot_img

“रानाग टुल्कु रिन्पोछे (डोल्पोबुद्ध) रसुवा बाढी पीडितको दु:खमा मलम लगाउन पुगे आफैं रसुवामा:तेस्रो चरणको राहत कार्यक्रम अन्तर्गत ६ सय घरपरिवारलाई खाद्यान्न र ३३५ बढी बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण”

spot_img

रसुवा,समाजसेवी तथा बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्पोछे (डोल्पोबुद्ध) रसुवा बाढी पीडितको दु:खमा मलम लगाउन पुगे आफैं रसुवामै पुग्नु भएको छ ।

बुधबार तेस्रो चरणको राहत कार्यक्रम रसुवा जिल्लाको कालिका गाउँपालिका -१ वडाको सेतिभुमि मा.वि मा ६ सय घरपरिवारलाई खाद्यान्न र ३३५ बढी बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ।

गत भदौ १० गते भोटेकोसी नदिमा आएको रसुवा बाढीले ठुलो जनधनको क्षती भएको थियो। हजारौं पीडित अहिले पनि बेघर बनेको छन् भने बालबालिकाको शिक्षा पनि अन्यौल जस्तै छ।

देश भित्रको हिमालवासीलाई परेको दुखमा गुरु डोल्पोबुद्धले पहिले पनि ५ लाख भन्दा बढीको राहत पहिलो चरणमा बाढी गएको पहिलो हप्तामै गर्नुभएको थियो भने दोश्रो चरणमा पनि सरकारले उद्दार गरेर काठमाडौं ल्याएका नागरिकलाई कपडा बितरण गर्नु भएको थियो।

तेस्रो चरणको राहत कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको कालिका गाउँपालिका -१ वडाका ६ सय घरपरिवारलाई चामल,दाल,तेल र नुन सहितको खाद्यान्न सामग्री बितरण गरिएको थियो भने सोही वडाको सेतिभुमि मा.वि र कालिका हिमालय मा.वि का गरि ३३५ बढी बिद्यार्थीहरुलाइ झोला,कापी र कलम लागिएतका शैक्षिक सामग्री वितरण गरिएको गुरु डोल्पोबुद्धले इमान्दार खवरलाइ जानकारी दिनु भयो।

उहाँका अनुसार “विपद् प्रभावित क्षेत्रहरूमा प्रेमको विस्तार, आशाको दीप प्रज्वलन गर्ने उदेश्यका साथ आफ्नो तेस्रो विपद् राहत अभियानअन्तर्गत तीनदिने राहत वितरण कार्यक्रम गरेर बालबालिकाको पढाइ निरन्तर अघि बढिरहोस् र शिक्षाको ज्योति कहिल्यै निभ्न नपाओस् अनि प्रत्येक परिवारको मुहारमा छाउने खुसी छावस् भन्ने उदेश्य रहेको छ”।

साथै रिन्पोछेले नेपालको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति तथा प्रेम, करुणा र सहयोगका हातहरू फैलाउँदै विपद् प्रभावित समुदायमा आशा जगाउन एकजुट हुनुभएका सबैप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।

यो अभियानमा स्नो ल्याण्ड रानाक स्कुल,omnirisc security macau,नेपाल बोनबुद्दिष्ट महासंघ र कालिका गाउँपालिका-१,लगायतले आर्थिक तथा भौतिक सहयोग रहेको बताइएको छ।

कालिका गाउँपालिका-१ का अध्यक्ष धावा लामाले सहयोगका लागि गुरु डोल्पोबुद्धलाई धन्यवाद दिदैं संघ र प्रदेश सरकारबाट नगद लगायत अन्य राहत अपेक्षित नपाएकोले सबै सहयोगी दाता,संघसंस्था र सहयोगि मनहरुलाइ अझै सहयोगको अपेक्षा रहेको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img