spot_img

अढाई महिनापछि ओली–प्रचण्ड फोनवार्ता, भेटेरै संवाद गर्ने ओलीको प्रस्ताव

spot_img

काठमाडौँ,प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार टेलिफोन संवाद भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले अढाई महिनापछि प्रचण्डलाई फोन गरेका हुन् ।यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच भेट रोकिएको छ । उनीहरूबीच संसद् विघटन भएको दिन बिहान बालुवाटारमा भेटवार्ता भएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको एक सातापछि प्रधानमन्त्री ओलीले केही विषयवस्तुमा संवाद गर्न चाहेको भन्दै प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।‘सोमबार बिहान प्रधानमन्त्रीज्यूको फोन आएको रहेछ । उहाँले भेटेरै केही विषयमा छलफल गर्न चाहेको र उपयुक्त समय (साँझ–बिहान)मा बालुवाटार बोलाउनुभएको रहेछ,’ प्रचण्डनिकट एक नेताले भने । फोन संवादमा प्रचण्डले अहिले पार्टी बैठक चलेको र छलफलका लागि महत्वपूर्ण विषयवस्तुसमेत नरहेको बताएको उनीनिकट नेताको दाबी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img