spot_img

गगन थापाको आरोप– ‘प्रधानमन्त्रीले संसदसँग बदला लिन खोजे’

spot_img

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन लागेको आरोप लगाएका छन् ।मंगलवारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले संसदलाई कामबिहीन बनाउन लागेको आरोप लगाएका हुन् ।

त्यस्तै सरकारले कानून बनाउन नदिएको भन्दै हल्ला गरिएपनि प्रतिनिधि सभा र राष्ट्रिय सभा नै नबाउनुले काम गर्न नसकिएको नेता थापाको जिकिर रहेको छ ।‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ । नेता थापाले भने– ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिने ? विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने ?’त्यस्तै प्रधानमन्त्री ओलीले सनकको भरमा संसद भंग गरेको र त्यसैलाई सही स्थापित गराउनका लागि संसदलाई कामबिहीन गराउन लागेको आरोप लगाए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img