काठमाडौं,पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई विपक्षी नबनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा अगाडि बढाएपछि सर्वाेच्च अदालतमा परेको रिटमाथि सोमवार सुनवाइ हुँदैछ ।बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरूविरुद्ध अभियोग लगाइएपनि तत्कालीन प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिइएको भन्दै सर्वाेच्चमा रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको अग्राधिकार प्राप्त रिटमाथि सुनुवाइ भइरहेको छ । रिटमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि मुद्दा दर्ता हुनुपर्ने माग गरिएको छ ।रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइएको छ । रिटमाथि सोमवार न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सुनुवाइ भइरहेको छ ।