spot_img

अहिले पनि मंसिरमा चुनाव भनेर संविधान असफल पार्ने प्रयास हुँदै छ ः पौडेल

spot_img

काठमाडौं,  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान मास्ने र लोकतन्त्र सिध्याउने प्रयास अहिले पनि भइरहेको बताएका छन् ।आज काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गरेको कार्यक्रममा नेता पौडेलल पहिले प्रतिनिधिसभा विघटन गरेर ‘चुनाव चुनाव’ भनिएको भन्दै अहिले पनि त्यही नाममा संविधान असफल पार्ने प्रयास भएको बताए ।

“अहिले पनि हाम्रा साथीहरु चुनाव चुनाव नै भन्दै हुनुहुन्छ । संसद् विघटन गर्ने कुनै अधिकार नै छैन,” पौडेलले भने, “मंसिरमा चुनाव भनिँदै छ । हामीले अहिले चुनाव हैन, यही संसद्लाई उपयोग गरेर यो व्यवस्था जोगाउने हो ।”पौडेलले अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद् फाल्न नदिने भन्दै यो व्यवस्था जनताको लामो संघर्षबाट आएको बताए । “यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैन भन्ने कांग्रेसले प्रमाणित गर्नुपर्छ,” उनले भने, “कांग्रेसलाई अधिनायकवाद र निरकुंशतातर्फ जान नदिन यही संसदीय प्रणाली र संविधानको बाटोबाट मुलुकलाई हिँडाउने कोसिस गर्नुछ ।”

उनले संविधान नै फाल्ने कोसिस गर्ने, संसद् फाल्ने प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनःस्थापनापछि पनि मैमत्ता भएको बताए । “संविधानविरुद्ध उभिएका ओलीको विकल्प खोज्न कांग्रेस अगाडि आउनुपर्छ । यो कांग्रेस मौन बस्ने बेला होइन,” पौडेलले प्रश्न गरे, “अहिले हामी निर्णायक छैनौँ भनेर बस्ने हो कि निर्णायक बन्ने कोसिस गर्ने हो ?”उनले संकटको बेलामा खरो उत्रने कोसिस गरे मात्रै जनताले भरोसा गर्ने भन्दै कांग्रेसलाई अहिलेको अलमल नसुहाउने बताए । पौडेलले कम्युनिस्टहरु दुई–तीनतिर भएका बेलामा यही संसद्बाट विकल्प दिनुपर्ने बताए ।“संसद्मा प्रहार गर्ने, यो संविधानलाई नै फाल्ने कोसिस गर्नेलाई पाखा लगाउने प्रयासमा कांग्रेस लाग्नुपर्छ कि पर्दैन ?,” पौडेलले आफ्नै नेतृत्वलाई प्रश्न गरे, “लोकतन्त्र बचाउने काममा कांग्रेस लाग्नुपर्ने हो कि होइन ?”

पौडेलले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्ने भन्दै व्यवस्था रहे सत्ता पटक–पटक आउने दाबी गरे । “व्यवस्था बच्यो भने सत्ता पटक–पटक आउँछ । अहिले संसद् पुनःस्थापना भएपछि व्यवस्था बचेको छ,” पौडेलले भने, “तर, यो व्यवस्थालाई विकृत बनाएर बदनाम गराउन लागेका छन् । हामीले जोगाउनुपर्छ ।”उनले संविधान बचे मात्र मजदुर, किसान, महिला, दलित, जनजाति सबैका अधिकार बच्ने भन्दै संसद् जोगिएन भने फेरि व्यवस्थामाथि प्रश्न उठ्ने बताए ।“यो व्यवस्थामाथि प्रहार भइरहँदा हाम्रा साथीहरु पनि जानेर हो वा नजानेर हो, मंसिरको चुनाव, फागुनको चुनावको ललिपमा फस्दै छौँ,” पौडेलले भने, “कांग्रेसले संकटका बेलामा नेतृत्व दिन सक्नुपर्छ । गिरिजाबाबुले संकटका बेलामा मुलुकलाई नेतृत्व दिनुभयो । हरेक संकटको घडीमा कांग्रेसले नेतृत्व दिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img