काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।त्यस्तै बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जनाकारी दिए ।