काठमाडौं, नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको कदम ‘केशरजंग रायमाझीको जस्तै’ रहेको टिपणी गरेका छन् । बिहीबार पोखरामा समानान्तर कमिटी घोषणा कार्यक्रममा उनले रायमाझी पथको पनि पतन हुँदै कम्युनिस्ट आन्दोलन अगाडि बढेको बताए ।
उनले ओलीलाई सुध्रन आग्रह गरे । “ओलीलाई बा भनिन्न । सुध्रेर आए कमरेड भनौँला, नत्र श्री केपी ओली भन्छौँ । अपमान गर्दैनौँ उनले भने ।नेता नेपालले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा आफूहरु बहुमतमा रहेकोले नै ओलीले यी कमिटी विघटन गरेको आरोप पनि लगाए ।त्यस्तै, तटस्थ बसेका उपाध्यक्ष वामदेव गौतम पनि आफूहरुसँगै रहेको नेपालको जिकिर छ ।