spot_img

‘कारबाही श‍ृंखला’ नरोकिएपछि के छ नेपाल–खनाल पक्षको तयारी?

spot_img

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट कारबाही श‍ृंखला नरोकिएपछि नयाँ रणनीतिको तयारी सुरु गरेको छ। त्यसकै लागि यो पक्षले आफूनिकट नेताहरुको स्थायी कमिटी बैठक बोलाएको छ।बैठक कलंकीस्थित एक बैङ्‍क्‍वेटमा सुरु भएको छ।पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले केही दिपहिले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीका सबै जिम्मेवारीसँगै साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए।

त्यो निर्णय लगत्तै गत मंगलबार नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बसेर ओलीविरुद्ध सक्रिय हुने निर्णय गरेको थियो। बैठकलगत्तै स्थायी कमिटीका ११ जना सदस्यले संयुक्त विज्ञप्ति निकालेर ओलीमा पार्टी विभाजनको दुराशय देखिएको भन्दै ओलीबाट भएका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापका विरुद्ध सक्रिय हुन नेता, कार्यकर्ता र सुभेच्छुकहरुलाई अपिल गरेका थिए।

त्यसपछि ओलीले स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि नेपाल र रावललाई झैँ ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए।एमाले स्थायी कमिटी भुषालले मंगलबार स्थायी कमिटीका नेताहरुले सामूहिक वक्तव्य दिएको र त्यसपछि पनि कारवाही श‍ृंखला नरोकिएपछि अब के गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको बताए। ‘अब एउटा निर्णय गरेर जानुपर्ने हुन्छ,’ भुषालले  भने, ‘त्यसकै लागि बैठक बोलाइएको हो।’केही नेताले जनवर्गीय संगठन र जिल्ला–जिल्लामा सुरु भएको समानान्तर पार्टी संरचना निर्माण गर्ने अभियान अब औपचारिक रुपमै अघि बढ्ने र त्यसकै लागि शुक्रबारको बैठक बोलाइएको बताएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img