spot_img

ओलीविरुद्ध खनाल–नेपाल समूह थप आक्रामक

spot_img

काठमाडाैँ,आफ्नो समूहका नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पालैपालो कारबाही थालेपछि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीविरुद्ध अभियान नै चलाउने भएको छ । सर्वोच्चले २३ फागुनमा गरेको फैसलाअनुरूप अध्यक्ष ओलीले पार्टी सञ्चालन नगरी स्वेच्छाचारी ढंगले गतिविधि गरेको तथा जिम्मेवार नेताहरूमाथि कारबाही गरेको विषयलाई तलैसम्म स्पष्ट पार्ने गरी अभियान चलाउने खनाल–नेपाल समूहको निर्णय छ ।बैठकले अध्यक्ष ओली नै पार्टी विभाजन गर्न उद्यत् रहेको निष्कर्ष निकाल्दै उक्त कदमलाई रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय गरेको छ । देशव्यापी समानान्तर संगठन निर्माणमा जुटेको खनाल–नेपाल समूहले शनिबार ओलीविरुद्ध अभियानको घोषणा गर्दै छ ।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गरेपछि त्यस विषयमा छलफल गर्न शुक्रबार बसेको खनाल–नेपाल समूहका स्थायी कमिटी बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । खनाल–नेपाल समूहले अभियानमा गत ४ र ५ चैतमा गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित कार्यपत्रलाई विस्तृत रूपमा दस्ताबेजका रूपमा तयार पारेर पार्टीको तल्लो तहसम्म छलफल गर्ने योजना बनाएको छ । यस विषयमा अन्तिम टुंगो लगाउन शनिबार ३ बजे बैठक बस्दै छ ।

बैठकमा राष्ट्रव्यापी कार्यक्रम, संगठन निर्माण, प्रशिक्षण, गोष्ठी, भेलालगायतका कार्यक्रमको ढाँचालाई अन्तिम रूप दिँदै संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने तयारी रहेको जानकारी भट्टराईले दिए । उनका अनुसार बैठकले अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काए पनि ओलीले त्यसको कार्यान्वयन नगरेको ठहर गरेको छ । फैसला कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आह्वान गर्ने निर्णय भएको उनले बताए ।अभियानमार्फत आफ्ना विषयलाई तल्ला कमिटीमा लैजान उपमहासचिव घनश्याम भुसालले ४ र ५ चैतको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरेको कार्यपत्रलाई पुनर्लेखन गरिरहेका छन् ।भेलामा वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको कार्यपत्र अनुमोदन गर्दै १७बुँदे समसामयिक प्रस्ताव पारित गरेको थियो । देशभरका चार हजारभन्दा बढी नेता–कार्यकर्ताको दुईदिने भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ ०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको थियो ।

भेलालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता नेपालले देशभरका संगठन ब्युँताउने र ओलीका विभाजनकारी गतिविधिको भण्डाफोर गर्ने बताएका थिए । सोही भेलालाई सम्बोधन गर्ने क्रममा उपमहासचिव भुसालले जनवर्गीय संगठन र पार्टी कमिटीलाई २ जेठ ०७५ कै अवस्थामा ब्युँताउने बताएका थिए । पार्टीको अधिकांश कमिटीमा आफू पक्षको नेतृत्व रहेको र नभएका केही कमिटीमा भएका सदस्यको संयोजकत्वमा संगठन ब्युँताउन भुसालले कार्यकर्तालाई निर्देशन दिएका थिए । सोही राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदन र प्राप्त सुझाबमाथि बैठकमा छलफल भएको त्यसलाई शनिबार बस्ने बैठकले अन्तिम रूप दिँदै प्रकाशन गरेर देशव्यापी वितरण गर्ने निष्कर्ष निकालेको जानकारी भट्टराईले दिए ।

उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौँ महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भत्र्सना र निन्दा गरेको छ । ओलीले यसअघि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई १६ चैतमा नै स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका थिए । यो कारबाहीले ओली एमालेलाई विभाजन गर्न उद्यत् छन् भन्ने पुष्टि भएको नेता भट्टराईको भनाइ छ ।यसैबीच एमालेका खनाल–नेपालसहितका ११ स्थायी कमिटी सदस्यले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी देश, जनता र पार्टीको हितविपरीत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गरेका क्रियाकलापको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img