spot_img

डा. भट्टराईले गरे कांग्रेसको निर्णयको स्वागत

spot_img

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेसले बल्ला प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको बताएका छन्।कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनमा अग्रसरता देखाउने निर्णय गरेको भोलिपल्ट शनिबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कांग्रेसको प्रशंसा गरेका हुन्।जसपाकै अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतोहरू प्रधानमन्त्री ओलीसँगै सत्ता साझेदारी गर्ने छलफलमा रहेका बेला सोही पार्टीका एक जना शीर्ष नेता डा. भट्टराईले ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णयको स्वागत गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डाक्टर भट्टराईले भनेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’उनले अगाडि भनेका छन्, ‘आआफ्ना दलका फरक एजेन्डा हुन्छन्। तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता÷प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है !’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img