काठमाडौँ, नेकपा एमालेका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटि बैठक शनिबार पनि बस्दैछ।देशव्यापी रुपमा आफ्ना कार्यक्रम बिस्तारबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटि सदस्य झलनाथ खनालले बताएका छन् । बैठक अपरान्ह तीन बजेपछि सुरु हुनेछ।
नेपालसहित सो समूहका चार नेतालाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेका थिए ।त्यसपछि नेपाल समूह रणनीतिक छलफलमा जुटेको हो।अध्यक्ष ओलीले मनपरि गर्न लागेको भन्दै नेपाल समूहले देशव्यापी रुपमा समानान्तर कमिटि बिस्तार गर्ने यसअघि नै बताइसकेको छ।
शुक्रबार बसेको स्थायी कमिटि बैठकपछि नेपाल पक्षले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि ओलीले गरेको कारवाहीको विरोध गरेको थियो।ओलीले त्यसअघि नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।