spot_img

एमाले विवादमा राष्ट्रपति भण्डारीको चासो ः खनालको घरमै पुगेर पार्टी एकताबद्ध बनाउने भूमिका खेल्न आग्रह

spot_img

अकाठमाडाैँ,अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेको वेलामा राष्ट्रपति आउनुभएको हो । मैले पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने सोचिरहेको छु भनेँ । राष्ट्रपतिज्यूले पनि लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ, सबै पार्टीहरू बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना छ भन्नुभयो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विवादमा चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई आग्रह गरेकी छिन् । खनालनिवास डल्लुमा पुगेर राष्ट्रपति भण्डारीले शनिबार उनीसँग भेटर्वार्ता गर्दै एमाले विवादमा चासो व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ ।

सत्तारुढ दल एमालेभित्र र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाइरहेका वेला राष्ट्रपति भण्डारीको भेटर्वार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न वरिष्ठ नेता खनाललाई आग्रह गरेकी थिइन् । खनालले पनि राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको जानकारी दिए ।‘हामीले केहीबेर कुराकानी ग¥यौँ । अहिलेको वर्तमान स्थितिबारे पनि अलिकति कुराकानी भयो । उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, राष्ट्रपतिको हैसियतले मेरो यही चाहना छ भन्ने विचार व्यक्त गर्नुभयो,’ भेटपछि खनालले सञ्चारकर्मीहरूसँग भने । जवाफमा खनालले आफू पनि पार्टी र लोकतन्त्रलाई बलियो बनाउने काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेका वेला यहाँ आउनुभएको छ । सबै पार्टी बलिया भए, सुदृढ भए, एकताबद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु हो, पार्टीहरू बलियो हुने कुरा हो । पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन । त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु,’ राष्ट्रपतिसँगको कुराकानीबारे खनालले भने, ‘राष्ट्रपतिज्यूले पनि तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’

राष्ट्रपति कार्यालय स्रोतले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी उनको निवास डल्लु पुगेको जानकारी दिएको छ । केही समययता खनाल मिर्गौला रोगबाट पीडित छन् ।अाजकाे नयाँ पत्रिका खबर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img