spot_img

देशभर वडासम्मै कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा

spot_img

काठमाडाैँ,एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभरका सबै वडातहसम्म कमिटी बनाउने अभियान घोषणा गरेको छ । स्थायी कमिटीको शनिबार बसेको अनौपचारिक बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र हुँदै वडा र टोलसम्म पार्टी र जनसंगठन दुवैमा कमिटी बनाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइतबार बस्ने औपचारिक बैठकबाट त्यससम्बन्धी ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ सार्वजनिक गर्ने खनाल–नेपाल समूहको तयारी छ । सर्वोच्च अदालतले पार्टी एकताअघिकै अवस्थामा पार्टीलाई फर्काए पनि प्रधानमन्त्री केपी ओली समूहले पार्टी र जनसंगठनका पूर्ववत् कमिटी ब्युँताएर क्रियाशील बनाउन अस्वीकार गरेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले तीनमहिने पार्टी कमिटी निर्माण अभियान चलाउन लागेको हो ।ओलीले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि पार्टी सदस्यताबाट ६ महिना निलम्बन गर्ने कारबाही गरेपछि खनाल–नेपाल समूह आक्रामक रूपमा समानान्तर गतिविधिमा सक्रिय बन्दै गएको छ । त्यही सिलसिलामा खनाल–नेपाल समूहले अभियान सार्वजनिक गर्ने तयारी गरेको हो ।

‘केपी ओलीले निर्वाचित कमिटीहरूलाई अस्वीकार गर्दै मनलाग्दी आफ्नो कमिटीहरू बनाएर कार्यकर्ताबाट निर्वाचित साथीहरूमाथि एक प्रकारको कारबाही नै गर्नुभो,’ खनाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले नयाँ पत्रिकासँग भने, ‘त्यसैले हामीले निर्वाचित कमिटीलाई नै वैधता दिने र निष्क्रिय कमिटीहरूलाई वडा तहसम्म पुनव्र्यवस्थित गर्न कमसेकम डेढ–दुई महिना संगठन निर्माणमा परिचालित हुने गरी अभियान चलाउन लागेका हौँ ।’खनाल–नेपाल समूहले प्रदेश र जिल्लाहरूमा बेग्लै कमिटीहरू बनाउने क्रम सुरु गरेलगत्तै त्यसलाई औपचारिक रूपमै अघि बढाउने निर्णय गरेको हो । ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ १५ चैतदेखि १५ असारसम्म सञ्चालन गर्न प्रस्ताव छ । अभियानमा पार्टी एकताको महत्व, संविधानको रक्षा, राजनीतिक स्थिरताको महत्वमाथि प्रकाश पार्ने, छिन्नभिन्न पार्टी र जनसंगठनका कमिटी व्यवस्थित गर्नेलगायतका विषय प्रस्ताव गरिएको छ ।

त्यस्तै, सरकारका कामकारबाहीबारे जनतालाई प्रस्ट्याउने, पार्टी विधि, विधान, स्थापित मान्यतामाथि प्रहार गर्दै विभाजनको प्रयास असफल पार्न सजग पार्ने, बालुवाटारमा ओली समूहले २८ फागुनमा गरेको निर्णय विभाजनकारी भएकोबारे प्रस्ट्याउने, ओलीको एकताविरोधी, एकलौटी कामको प्रतिवाद गर्नेलगायत विषय पनि अभियानमा समेटिएको छ । त्यस्तै, अभियानलाई व्यवस्थित गर्न यथाशीघ्र केन्द्रीय कार्यालय सञ्चालन गर्ने, त्यसका लागि कार्यालय टिम बनाउने, नियमित रूपमा पार्टीको मुखपत्र र बुलेटिन सञ्चालनमा ल्याएर प्रचार कामलाई व्यवस्थित गर्नेलगायत विषय पनि खनाल–नेपाल समूहले अभियानमा समेटेको छ ।अाजकाे नयाँ पत्रिकामा खबर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img