spot_img

केपी ओली नै प्रधानमन्त्री बनुन्, अध्यक्ष पनि चाहिंदैन ः माधव नेपाल

spot_img

वीरगञ्ज ,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताएका छन् ।आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको बताएका हुन् । ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ,’ उनले भने, ‘त्यसो होइन, उनी नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिंदैन ।’

उनले अघि भने, ‘केपी ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो । कम्युनिष्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि हो ।’नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको उनको टिप्पणी छ । पार्टी पदाधिकारी, केन्द्रिय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेका कारण ओली बैठक फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए । ‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ । खराबले खराब मान्छे खोज्छ’ उनले भने, ‘केपी ओलीसँग कस्तो कस्तो मान्छे छन्, मैले भनिरहनु पर्दैन । पार्टीको विकासमा ओली नै बाधक छन् ।’

सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन र सिद्वान्तप्रति प्रतिवद्ध कार्यकर्ता बन्न उनले सुझाए ।कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिष्टहरुले ७० वर्षसम्म गरेको त्याग तपस्या, बलिदानलाई तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाए । ‘कम्युनिष्ट पार्टीको कुनैदिन बहुमतको सरकार हुन्छ, त्यो सरकारले मजदूर, किसान, मध्यमवर्ग, पेशाकर्मी, उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्दै देशको विकास गर्छ भन्ने आशा र विश्वास थियो,’ उनले भने ‘जनताले बहुमत दिएपनि केपी ओलीले तानातानीलाई निरन्तरता दिए ।’ओलीले रेको बदमासीलाई सुधार गर्न र पार्टीको रक्षाका लागि कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए ।भेलाले बालगोपाल थापाको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गरेको छ । कमिटीमा सुदीप लामा, विचारी यादव, प्रद्युम्न सेढाईं, शम्भु गुप्ता लगायत १७५ जना सदस्य छन् । केपी ओली समूहको जिल्ला अध्यक्षमा प्रभु हजरा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img