कांग्रेस सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको पनि सहभागिता रहनेछ ।बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपश्चात् बस्ने मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गर्न सभापति देउवाले बैठक बोलाएका हुन् । आजको बैठकमा नयाँ सरकार गठनको विषयमा पनि छलफल हुने छ ।साथै, माओवादी केन्द्र र जसपासँग सत्तासमीकरणका लागि भइरहेको छलफलको समीक्षा तथा थप रणनीति पनि तय हुने जनाइएको छ ।मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औँ महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर नेताहरूबीच छलफल हुनेछ ।