spot_img

केपी ओली ध्वंसका बाहक, अराजकताको पर्याय हुन् ः माधव नेपाल

spot_img

काठमाडाैँ,एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली ध्वंसको बाहक भएको आरोप लगाएका छन् । एमाले काभ्रेको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै नेपालले आफूहरू निर्माणमा जुटेको जिकिर गरे । नेपालले ओलीलाई अराजकताको पर्याय भएकोसमेत बताए ।पुराना, त्यागी र इमानदार नेता तथा कार्यकर्ता आफूहरूसँग रहेको भन्दै नेपालले एमालेलाई पुनर्गठन गरेर सशक्त पार्टीको रूपमा स्थापित गर्ने बताए । ओलीलाई त्याग, तपस्या र बलिदान मन नपर्ने भन्दै नेता नेपालले इमानदार नेता तथा कार्यकर्तालाई धोका मात्रै दिएको आरोप लगाए ।

कम्युनिस्ट पार्टी विचारप्रधान हुने भन्दै नेपालले व्यक्ति हेरेर अघि बढ्नेहरूको भविष्य नरहेको बताए । संसारमा राम्रा र नराम्रा मान्छे हुने भन्दै नेपालले ओली सुध्रिनु भनेको बालुवा पेलेर तेल निकाल्नुजस्तै भएको बताए ।उद्देश्यलाई कहिल्यै पनि ओझेलमा नपर्न सल्लाह दिँदै नेपाले नेता तथा कार्यकर्तालाई जनताको सेवा गर्ने भावनाका साथ अघि बढ्न आग्रह गरे ।कार्यक्रममा नेतृ अष्टलक्ष्मी शाक्यले अराजक प्रवृत्तिविरुद्ध सशक्त ढंगले जुध्नुपर्नेमा जोड दिएकी थिइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img