spot_img

कांग्रेस बैठक फेरि स्थगित, नेताहरू समूहगत छलफलमा व्यस्त

spot_img

प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आइतबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । यसअघि ३० चैतका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण रोकिएको थियो ।बैठकका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर, शीर्ष नेताहरू समूहगत छलफलमा व्यस्त बनेपछि तयारी नपुगेको कारण देखाउँदै बैठक स्थगित गरिएको छ । अर्को बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा क्रियाशील सदस्यतामाथिको विवाद समाधान, १४औँ महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।क्रियाशील सदस्यताको विवाद, कर्णाली प्रदेश सरकारलाई दिएको विश्वासको मतपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिलगायतका विषयमा शीर्ष नेताहरू समूहगत गृहकार्यमा जुटेका छन् ।शीर्ष तहमा समझदारी बनेपछि बैठक बस्ने नेताहरूले बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img