spot_img

स्कुल बन्दको निर्णयपछि शिक्षामन्त्रीले गरे यस्तो आह्वान

spot_img

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठल वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । उनले नयाँ कोर्ष पुरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेका हुन् ।मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एककार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि अनिवार्य रुपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गरे ।

मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी दिए । उनले स्वाथ्य प्राटोकललाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने–सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।उनले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए । जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिए ।मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मशान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने जानकारी दिए ।

यसैबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।कोरोना भाइरसको सक्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५ सय ६५ बालबालिकामा कोरोना भाइरस सक्रमण देखिएको र १० जनाको निधन भैसकेको विवरण्ण सार्वजनिक भैसकेको छ । राजधानीकै केही सरकारी र निजी विद्यालयका दर्जनौ विद्यार्थी र केही शिक्षकलाई कोरोना संक्रमण भैसकेको अवस्थामा विद्यालय बन्द गर्न दबाब परेपछि मन्त्री परिषदको बैठकले आजबाट बैशाख मशान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img