काठमाडौं, सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ।मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो।कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए। यस्तै सरकारले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरमन्त्रिपरिषदलेसीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।त्यस्तै मन्त्रिपरिषदले सीसीएमसीको सिफारिश अनुसार शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सिफारिसलाई पारित गरेको छ।