spot_img

राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल दर्ता, निर्वाचन चिह्न प्रदान

spot_img

काठमाडाैँ,निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाँच दललाई दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता हुन आएका नेमकिपा, एमाले, कांग्रेस, राप्रपा र माओवादी केन्द्रले उपनिर्वाचनका लागि दल दर्ता गरेको र उनीहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।श्रेष्ठका अनुसार एमालेलाई सूर्य चिह्न क्रम १, कांग्रेसलाई रूख चिह्न क्रम २, माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा क्रम ३, राप्रपालाई हलो चिह्न क्रम ४ र नेमकिपालाई मादल चिह्न क्रम ५ मा मतपत्रमा समावेश गर्ने निर्णय भएको छ ।

उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११०, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाताको नाम समावेश गरी तयार पारिएको मतदाता नामावली स्वीकृत गर्ने र स्वीकृत भएको नामावली २१ वैशाखको बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्न दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले नाम, थर, उमेर, पद आदि विवरण सच्याउने दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img