spot_img

आत्मालोचना गरेर एकताबद्ध बन्न वामदेव गौतमको आग्रह

spot_img

 काठमाडौं,  नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शनिबार अवसरमा शुभकामना दिंदै गौतमले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् ।‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागिपरेको पनि छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।

अरु नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने उनले उल्लेख गरेका छन् । ‘हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गछौं भनेर प्रतिबद्धता व्यक्ति गर्ने दिन हो,’ उनले आग्रह गरेका छन् ।सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेको पनि गौतमको भनाइ छ । सत्ता स्वार्थ प्रेरित गतिविधि नरोके मुलुकमा फेरि प्रतिगमन स्थापित हुने गौतमले बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img