काठमाडौं,पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।