spot_img

जसपाका नयाँ मन्त्री भन्छन्, ‘हाम्रै सल्लाहमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो’

spot_img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपालको सल्लाहमा नै राजीनामा दिएको सो पार्टीबाट मन्त्री बनेकाहरूले दाबी गरेका छन् । मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएपछि जसपा नेपालका चारजना सांसद प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले सरकारको समर्थन गर्दै मन्त्रिमण्डलमा सहभागी भएका थिए । चारजनाले समर्थन गरेपछि मुख्यमन्त्री पोखरेल आफ्नो सरकार सुरक्षित हुनेमा ढुक्क थिए । तर, बिहीवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदलाई कारवाही गरेपछि मुख्यमन्त्री पोखरेल राजीनामा दिने निर्णयमा पुगेको उनीहरुको भनाइ छ ।

राजीनामा दिने मनस्थितिमा पुगेपछि मुख्यमन्त्री पोखरेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षसँग छलफल गरेको कारवाहीमा परेका प्रदेशसभा सदस्य सन्तोष पाण्डले बताए । उनले भने, ‘मुख्यमन्त्रीज्युले हामीसँग सल्लाह गरेर नै राजीनामा दिनुभएको हो ।’ जसपा नेपालका केही नेता (उपेन्द्र यादव पक्ष) हरुले पार्टीमा मनमोजी गरेको कारणले आफूहरुले नै सल्लाह दिएर राजीनामा दिन लगाएको र अर्को सरकार बनाउन आग्रह गरेको उनले बताए ।

यद्यपि, प्रदेशसभा सदस्य विमला वली माओवादीमा प्रवेश गर्ने भएपछि लुम्बिनीको अंक गणितमा फेरबदल भएको छ ।​यता, प्रदेशसभा सदस्य र पार्टीको सदस्यबाट कारवाहीमा परेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सर्वोच्च अदालतमा पुगेका छन् । आज नै उनीहरुले रिट दर्ता गराउने छन् । रिटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेता, लुम्बिनी प्रदेशका सभामुख, लुम्बिनी प्रदेशसभाका सचिवालयका सचिवलाई प्रतिपक्षी बनाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img