spot_img

लुम्बिनीकी सांसद विमलाले भनिन्– मैले मेरै खुसीले माओवादी केन्द्र रोजेकी हुँ

spot_img

काठमाडाैँ, माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनीकी सांसद विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्र रोजेको बताएकी छिन् । एमालेले विमला अपहरणमा परेको हल्ला फिँजाइरहेको अवस्थामा उनले पत्रकारहरूसँग भनिन्, ‘मैले मेरै खुसी र इच्छाले माओवादी केन्द्र रोजेकी हुँ ।’माओवादीबाट धेरै सहयोग भएकाले आफूले माओवादी रोजेको उनले बताइन् । वली गत उपनिर्वाचनमा दाङ प्रदेश सभा ३ (ख) बाट नेकपाको तर्फबाट विजयी भएकी थिइन् ।

यसैबीच, लुम्बिनी प्रदेशमा आइतबारका लागि बोलाइएको संसद्को विशेष अधिवेशन कामचलाउ सरकारको सिफरिसमा अन्त्य भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावमा आइतबारबाट छलफल हुने र सोमबार मतदान गर्ने तय गरिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img