spot_img

सूर्य चिन्हवाट चुनाव लडेका सांसद कानूनी रूपमा अन्य दलको हुन सक्दैन ः शंकर पोखरेल

spot_img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिन्हबाट चुनाव लडेर सांसद बनेकाहरु कानूनी रुपमा अन्य दलको हुन नसक्ने दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पोखरेलले विमला कुमारी खत्रीलाई अहिले माओवादी केन्द्र रोज्न कानूनले नदिने बताए ।उनले भने ‘लुम्बिनीमा नेकपा(एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको हो । दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो ।

नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ । विमला कुमारी खत्री फाल्गुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आउनु भएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ। चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।’

अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा गर्नु षडयन्त्रपूर्ण नाटक भएको बताए । उनले नेकपा(एमाले) बहुमत प्राप्त दल बनेको र बहुमत प्राप्त दललाई सरकार संचालनको संवैधानिक दायित्व रहने दाबी गरे । जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्विकार गरेको भन्दै उनले पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको बताए ।संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नदिएको बताए । चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद भएको उनको टिप्पणी छ ।

उनले लेखेका छन् ‘जनता समाजवादीका बहुमत सदस्यले कारबाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुनेछ । नियुक्ति पछिको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितीको उपज हो ।सूर्यचिन्ह लिएर उमेद्वार भइ सांसद भएकाहरुलाई अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा हो । यसप्रकरणमाके कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् ।’

बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार रहने उनले दाबी गरे । ‘जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनु भएको छ, उहाँहरुले लुम्बिनी सरकार विरुद्ध प्रपोगण्डा संचालन गर्नु स्वभाविक हो ।जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ ,सात प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै छ र आगामी दिनमा पनि रहने छ ’उनले लेखेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img